अवैध कुखुराको चल्ला सहित तिन पक्राउ

155

संतोष रन्जितकार
बारा, ७ फागुन ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको कुखुराको चल्ला सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट भित्रयाइएको अबैध कुखुराको चल्ला लिएर हेटौडा तर्फ जादै गरेका भारत जिउदम सिंह नगर, उत्तराखण्ड खदपुर बस्ने ५० बर्षीय जमिल अहमद, सोही ठाउँका २४ बर्षीय रेहाज अहमद र १८ वर्षीय ईबराहनलाइ प्रहरीले पक्राउ गरेको हो ।
बारा जितपुरसिमरा उप महानगरपालिका वडा नं. २१ अमलेखगन्जमा चेकजाँच गर्नेक्रममा वीरगन्जबाट हेटौडा तर्फ जाँदै गरेको ना ६ ख ९३४० नं. को बसमा लुकाई छिपाई अबैध भारतीय कुखुराको चल्ला लिएर जादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनैजनाको साथबाट ३ हजार ५ सय अवैध कुखुराको चल्ला बरामद गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
अवैध कुखुराको चल्ला सहित पक्राउ परेका तीनैनालाइ आवश्यक कारवाहीको लागी क्वारेन्टाईन कार्यालय पथलैयामा बुझाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


त्यसैगरी मंगलबार महागढीमाई नगरपालिका वडा नं. २ बरियारपुर बजारमा महागढीमाई नगरपालिका र प्रहरी चौकी बरियारपुरको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाराको संयोजनमा संचालित महिला हिंसा, बाल बिबाह तथा दाईजो प्रथा विरूद्ध सडक नाटक संचालन गरी स्थानिय बासीन्दालाई नाटकको माध्यमबाट कुरिती तथा कुसंस्कारलाई हटाउ (अन्त्य गरौ) भन्ने सन्देश प्रवाह गरीएको थियो ।

https://ankushdaily.com/