नेविसंघद्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा मानवसेवा आश्रममा सहयोग

9

संतोष रन्जितकार
वीरगंज, ७ फागुन ।
६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघ पर्साले मानव सेवा आश्रम वीरगंजमा मंगलबार फलफुल तथा खाजा वितरण गरेको छ ।
नेवि संघ जिल्ला कार्य समिति पर्साको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा मानव सेवा आश्रमलाई फलफुल तथा खाजा वितरण गरिएको नेविसंघका नेता सरोज चौरसियाले बताए ।
नेविसंघ पर्साका संयोजक विकास तिवारीको अध्यक्षतामा र नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फलफुल तथा खाजा वितरण गरिएको चौरसियाले जानकारी गराए ।
फलफुल तथा खाजा वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता राकेश यादव, श्रीकान्त यादव, बलिष्ठर अहमद, नेविसंघका नेता देव पटेल, रंजित पटेल, रोशन सिंह, साविर हुसेन, समिर मंसुरी, समीर हुसेन, त्रिलोकी साह, अमिर अली, केशव मिश्रा, बालमिकी यादव लगायतको सहभागिता रहेको थियो ।


त्यसैगरी ६९ औं प्रजातन्त्र दिवसमा नेविसंघ ठाकुरराम क्याम्पस इकाईले द्विप प्रज्वलन गरेको छ । मंगलबार साँझ वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम क्याम्पसअगाडि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले द्विप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेविसंघ ठाकुरराम इकाइका अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, एनपी साउद, नेता जनार्दन सिंह क्षेत्री, पर्साका कोषाध्यक्ष इम्तियाज आलम, पूर्व क्याम्पस प्रमुख ललन द्विवेदी, नेता राकेश यादवको सहभागिता थियो । कार्यक्रममा विद्यार्थी नेताहरू नेविसंघका कोषाध्यक्ष रामनिवास यादव, देव पटेल, सरोज चौरसिया, विकास तिवारी, सुरेन्द्र लामिछाने लगायतको उपस्थिति रहेको थियो ।