प्रजातन्त्र दिवस भव्यता पूर्वक मनाइयो

20

संतोष रन्जितकार
वीरगंज, ७ फागुन ।
पर्सामा भव्यताका साथ ६९ औ प्रजातन्त्र दिवस मनाईएको छ । जिल्ला स्तरिय मुल समारोह समितीको आयोजनामा मंगलबार वीरगंजको घण्टाघरबाट निस्केको प्रभातफेरी माईस्थान, मकालु होटल, आदर्शनगर चौक, घरिवर्वा पोखरी हुदै पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।
मुल समाहरोह समितिका संयोजक तथा जिल्ला समन्वय समिती पर्साका संयोजक नेकमहम्मद अंसारीको अध्यक्षतामा र वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा कोणसभा गरिएको थियो । कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मेयर सरावगीले जबसम्म आम जनता र सम्पुर्ण राजनीति पार्टीको अधिकार र आशा अभिलाषाहरु समेटिदैन तब सम्म हामी सबैको प्रजातन्त्र नहुने बताए ।
उनले सबैको साझा बुझाई र अधिकारका कुराहरु समेटे मात्रै देश समाजको विकास सम्भव भई खुशीयाली दिवस मनाउने दिन आउने बताए । प्रजातन्त्र ६९ बर्ष पहिला आए पनि कुनै–कुनै बहानामा जनताका लागी बलियो बनाउनका लागी जनतालाई फाईदा हुने किसिमले संघर्ष गर्दै यहा सम्म आफना बलिदानी गरी ज्ञातअज्ञात सहिदहरु प्रति अभार ब्यक्त उनले गरेका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भटराईले प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिपावली गर्न आग्रह गर्दै, देश बनाउनका लागी नागरिक समाज, पत्रकार, जनप्रतिनिधीको सहयोगको आवश्यकता रहेको बताए ।
कोणसभामा नेकपा पर्साका कार्यदल सदस्य प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बिभिन्न कार्यालय प्रमुख, प्रतिनिधी, सुरक्षाकर्मी, जनप्रतिनिधी, गैरसरकारी संस्थाका व्यक्ति तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।


त्यसैगरी ६९ औं प्रजातन्त्र दिवस एवम् पुर्व वडा महारानी कोमल राज्य लक्ष्मी देवी शाह सरकारको ६९ औ जन्मोत्सव मंगलबार एक कार्यक्रमका बीच मनाईएको छ । बीरगंजको घण्टाघर चोकमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा २५ जना बिपन्न परिवारका महिलाहरुलाई साडी तथा फलफुल बितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समाजसेवी उषा शाहले त्रिभुवन शाह र पुर्व वडा महारानी कोमल राज्य लक्ष्मी देवी शाहको तस्बिरमा माल्यार्पण गर्दै शाहले अहिलेको समयमा राष्ट्रका सम्पूर्ण महिला एक जुट हुने बेला आएको बताइन् । जब सम्म हामी एक जुट हुदैनौ तब सम्म महिला शोषण, महिलाको अधिकार पाउन नसक्ने भन्दै बलात्कार, बालबिवाह, दाईजो प्रथा उन्मुलन हुन नसक्ने बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम शाह, राष्ट्रिय नागरिक संघर्ष समितीका केन्द्रिय सचिव हिराबहादुर चन्द, राष्ट्रिय नागरिक संघर्ष समिती पर्साका अध्यक्ष दिनानाथ यादव, राष्ट्रिय नागरिक संघर्ष समिती बाराका अध्यक्ष महमद अब्दुल सतार अंसारी, बिद्धवत परिषद नेपालका केन्द्रिय सदस्य अध्यानन्द प्रसाद कलवार, जिल्ला अध्यक्ष रामायण साह कानु, पत्रकार प्रणय कुमार, महेशचन्द्र गौतम, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, जिल्ला अध्यक्ष सुनिल यादव, नगरअध्यक्ष उपेन्द्र बरई लगायतले महिलाहरुलाई साडी तथा फलफुल बितरण गरेका थिए । राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलले कार्यक्रमका प्रमुख अतिथी समाजसेवी उषा शाहलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महेशचन्द्र गौतमले गर्नु भएको थियो भने सहजीकरण अरुणबिक्रम शाहले गर्नु भएको थियो ।