फोटो पत्रकार बिजय सम्मान्ति

10

वीरगन्ज,७ फागुन ।
राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा पर्साका संचारकर्मी बिजय कुमार महतो (चौहान) संम्मानित हुनु भएको छ । राष्ट्रिय समाचार समिति प्रदेश नं. २ ले मंगलबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं. २ को उत्कृष्ट फोटो पत्रकारको रुपमा राससका पर्सा जिल्ला समाचारदाता चौहानलाई प्रमाण–पत्र तथा नगद सहित सम्मानित गरिएको हो ।
राससको बुलेटिनमा समावेश गरिएको तस्बिर मध्य प्रदेश नं. २ बाट चौहानको तस्बिर उत्कृष्ट चयन भएपछि उनलाई प्रदेश नं. २ का संघीय मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नगद पाँच हजार र प्रमाण पत्र सहित सम्मानित गरिएको थियो ।
रासस प्रदेश नं. २ का कार्यालय प्रमुख महिमान्सु चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले स्वदेश तथा विदेशमा अहिलेपनि सहि सामाचारको मुख्य श्रोतको रुपमा रासस रहेको विचार व्यक्त गर्नुभएको थियो । उहाँले राससले प्रकाशित गरेको समाचार प्रति सबैले आँखा चिम्ली विश्वास गरेको र यस्तो विश्वासिलो आधार नेपालमा अरु कुनै संचार माध्यमको नरहेको प्रस्ट पार्नु भयो ।
विगत दश वर्ष देखि राससमा आवद्ध भई पर्सा जिल्ला प्रतिनिधीका रुपमा कार्य गर्दै आएका संचारकर्मी चौहान राससको ५१ औं बार्षिकोत्सवका अवसरमा मध्यमाञ्चल विका क्षेत्रबाट उत्कृष्ट समाचार दाता र ५४ औं बार्षिकोत्सवको अवसरमा मध्यमाञ्चल विकास क्षेत्रका उत्कृष्ट फोटो पत्रकारको रुपमा राससबाट पुरस्कृत भइ सकेका छन् ।