राजनीतिमा सही संस्कार र नैतिकतालाई जोगाएर राख्नु पर्छ ः डा. कोइराला

22

बनेपा, ७ फागुन (रासस) ः
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार दुई तिहाई बहुमतका भएका कारण संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या भएको बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइराला प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा ६९औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्र, शान्ति र विकासका लागि लोक नायक गिरिजाप्रसाद कोइरालको योगदान’ विषयक विचार गोष्ठीमा उहाँले शक्ति सन्तुलन प्रधानमन्त्रीको हातमा मात्रै राखेको र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई आप्mनो हातमा लिएको आरोप लगाउनुभयो । उहाँले नेताहरुले नेपाली जनताको परीक्षण गर्न खोजेको बताउनुभयो ।
सो अवसरमा उहाँले पार्टी्भित्र गुटउपटु भएको बताउँदै उहाँले त्यसले राम्रो काम गर्न प्रेरित गर्ने बताउनुभयो । कुनै पनि पार्टीमा गुट हुनु राम्रो कुरा हो, त्यसले सही खालको काम गर्न उत्प्रेरणा दिन्छ । उहाँले भन्नुभयो, तर राजनीतिमा सही संस्कार र नैतिकलाई जोगाएर राख्न सक्नुपर्छ ।
कार्यक्रममा स्वः गिरिजाप्रसाद कोइरालाका तात्कालीन प्रेस संयोजक शीतल कोइरालाले अन्तर्रा्ष्ट्रिय हिसाबले स्थिति खतरामा रहेको र वैचारिक दार्श्निक हिसाबले देश कमजोर भएको बताउनुभयो । गिरिजाप्रसाद कोइराला प्रतिष्ठानका प्रदेश नं ३ का संयोजक रिता खनालले काङ्ग्रेसले संसद्मा ठूलो अपमान सहनु परेको उल्लेख गर्दै अब काङ्ग्रेसले चुनाव जित्नका लागि भर्खरै पार्टी प्रवेश गरेकाहरुलाई नभई पुराना र निष्ठावान नेता कार्यकर्तालाई टिकट दिनुपर्ने बताउनुभयो ।
आज नै नेता कोइरालाले गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको काभ्रेपलाञ्चोक शाखा कार्यालयको उद्घाटन गर्नुभयो । जिल्लामा शंखबुद्ध लामाको संयोजकमा २७ सदस्यीय जिल्ला समिति गठन भएको प्रतिष्ठानले जनाएको छ । सो अवसरमा गिरिजासाद कोइरालको विभिन्न कालखण्डमा खिचिएका तस्बीरहरुको प्रदर्शन गरिएयो ।