सिजन टु टि ट्वान्टी प्रतियोगिता शुरु

10

संतोष रन्जितकार
वीरगंज,७ फागुन ।
प्रोग्रेसिभ ग्रुप अफ स्कुल वीरगंजको आयोजनामा सिजन २ टि–२० क्रिकेट प्रतियोगीता मंगलबारदेखि सुरु भएको छ । नारायणी रंगशालामा आयोजित क्रिकेट प्रतियोगीताको कार्यक्रमका सभापति प्रमोद कुमार साहले बलिंग र प्रतिक दैनिक पत्रिकाका प्रधान सम्पादक जगदिश शर्मा बैटिंग गरेर उद्घाटन गरेका हुन ।
उदघाटन कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी, वडा प्रहरी कार्यालय वीरगजका प्रहरी नायब निरिक्षक प्रेम बहादुर खत्री, पत्रकार तिवारी यादव, सगरमाथा माध्यमिक बिद्यालयका प्रधानाध्यापक जियालाल गुप्ता, अखिल क्रान्तिकारीका ठाराब क्याम्पसका एकाई संयोजक महम्मद मेराजुल हवारी, सगरमाथा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक रजुल हवारी लगायतका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन खेलमा सहभागी बिद्यालयका बिद्यार्थीहरुले मार्च पास गरेका थिए । मार्चपासमा ज्ञान उदय एकेडमी प्रथम, युनिभर्सल मावि दोश्रो र सगरमाथा माध्यमिक बिद्यालयका तेश्रो भएका बिद्यालयलाई पुरस्कार वितरण गरिएको सगरमाथा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक रजुल हवारीले जानकारी दिनुभयो ।
आजको उदघाटन खेलमा युनिभर्सल मावि दोश्रो र सगरमाथा माध्यमिक बिद्यालय बिच खेल भईरहेको हवारीले बताउनुभयो । शनिबार सम्म हुने क्रिकेट प्रतियोगीतामा ८ वटा बिद्यालयले भाग लिएका छन ।