सेन्ट जेवियर्स विद्यालयको १९ औं वार्षिकोत्सव सम्पन्न

9

संतोष रन्जितकार
वीरगंज, ७ फागुन ।
सेन्ट जेवियर्स माध्यमिक विद्यालयले आफ्नो १९ औँ वार्षिक उत्सव मंगलबार भव्य रुपमा मनाएको छ । वार्षिक उत्सवको अवसरमा वीरगंजको नगरसभा गृह (टाउनहल)मा सांस्कृतीक कार्यक्रम समेतको आयोजना गरिएको थियो । विगत १९ वर्ष देखी निरन्तर रुपमा सेन्ट जेभियर्स माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा आप्mनो ठूलो योगदान दिँदै आएको छ । सेन्ट जेभियर्स माध्यमिक विद्यालयका छात्रछात्राहरुले एस.एल.सी पश्चात यसै विद्यालयद्वारा संचालित प्लस टु कलेजमा अध्ययन गर्न सेन्ट जेभियर्स माध्यमिक विद्यालयका संस्थापक र निर्देशक डा.हरिशंकर साहले आग्रह गर्नु भएको थियो । सो कार्यक्रमको अध्यक्ष विद्यालयको संस्थापक र निर्देशक डा.हरिशंकर साह, प्रमुख अतिथी प्रदेश नं.२ का माननीय रामसहाय यादव रहनु भएका थिए । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथीहरु मा प्रदेश नं.२ का विधायक शारदा शंकर साह, प्रहलाद गिरी र मेयर बिजय सरावगी, पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दीपेन्द्र चौहान रहनु भएका थिए भने अतिथीहरुमा परमानन्द चौधरी, अमर गौतम, प्याब्सन पर्साका कोषाध्यक्ष सरोज प्रसाद चौधरी, सचीव छेदुप लामा, केन्द्रिय सदस्य पुरन प्रधान, श्याम के.सी, शम्भु रिमाल, (बेटि पढाउ, बेटि बचाउ) की अभियन्ता पुष्पा पाण्डे, भोजपुरी गायक सुनील पण्डित, नेकपाका नेता बाबुराम कौशीक, आलोक चौरसीया लगायतको उपस्थिती रहेको थियो ।