स्ववियु निर्वाचनको लागि क्याम्पस प्रमुख घेराउ

46

संतोष रन्जितकार
वीरगंज, ७ फागुन ।
सतारुढ दल नेकपा निकटका विद्यार्थी संगठनहरुद्वारा मंगलबार ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका प्रमुखलाई एक घण्टा घेराउ गरेका छन । स्वतन्त्र विद्यार्थी यूनियन (स्वीयु) को निर्वाचन गराउन मांग गर्दै अनेरास्ववियु पर्सा र अनेरास्ववियु क्रान्तिकारी पर्साले संयुक्त रुपमा केन्द्रिय कार्यक्रम अन्तर्गत क्याम्पस प्रमुखलाई कार्यकक्ष भित्र घेराउ गरेका हुन ।
विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गराउनका लागि आवश्यक माहौल तयार पार्ने दवाव सृजना गर्न ठाराब क्याम्पस प्रमुख प्रमोद कुशवाहा, सहायक प्रमुख रवि लामिछानेलाई घेराउ गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले बताए ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीको पुर्व घोषित कार्यक्रम अनुसार आज देशैभरका स्ववियु चुनाव हुने क्याम्पसका प्रमुखहरुको कार्यकक्ष घेराउ गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तर्गत घेराउ गरिएको साहले जानकारी गराए ।
घेराउ कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य साह, इशक कुमार, अनेरास्ववियुका जिल्ला अध्यक्ष रामबाबु यादव, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला संयोजक मित्रदेव यादव, ठा.र.ब एकाई अध्यक्ष मेराजुल हवारी, नसिम अख्तर, अकलेस साह, रामबाबु मण्डल लगायतको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/