अवैध कपडा सहित दुई पक्राउ

12

संतोष रन्जितकार
वीरगन्ज, ८ फागुन ।
बारा पचरौताबाट खटेका प्रहरी टोलीले बुधबार अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको छ । सो प्रहरी टोलीले बिहान ४ बजेको समयमा जिल्ला बारा पचरौता न.पा.वडा नं.७ पिपरपाती स्थित बेनौली नहरमा जिल्ला बारा पचरौता न.पा.वडा नं.४ बेलदारी टोल बस्ने चन्द्रिका पाण्डेको छोरा वर्ष ४१ को मनोज कुमार पाण्डे र सोही टोल बस्ने मनोज कुमार साहको छोरा अं.वर्ष २६ को सोनु कुमार साहलाई भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध कपडा ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाहरुले द्यच् ण्छ ँ छठछण् र द्यच् ण्छ इ ज्ञज्ञद्दछ नम्बरको मोटरसाइकलमा ३ लाख ५ हजार बराबर साडी, लहङगा, थान कपडा लोड गरी ल्याउंदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका पाण्डे र साहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा पठाइएको प्रहरीले जनाएको छ ।