डा. शेखर कोइरालालाई कारवाही गर्ने सभापति देउवाको चेतावनी

65

वीरगंज, ८ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई कारवाही गर्ने जानकारी दिनुभएको छ । नेपाली कांग्रेस पर्साद्वारा ६९ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वहाँले सो कुरा बताउनु भएको हो ।


जिपी कोइराला फाउन्डेसनले गत फागुन ४ गते आयोजना गरेको एक कार्यक्रममा कोइराला परिवारका तीनै नेताले सभापति देउवाका कारण पार्टी कमजोर बनेको आरोप लगाउँदै अब बलियो बनाउन एक भएको जिकिर गर्नुभएको थियो । सो कार्यक्रममा कोइराला परिवारहरु मिलेर तपाईहरुको बीचमा आएको र कोइराला परिवारमा कुनै विवाद नभएको जनाइएको थियो । सो अभिव्यक्तिको चार दिन नबित्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला जथाभावी बोल्दै हिडेको आरोप लगाउंदै पार्टीमा अनुशासन हिनता बढेकोले निकट भविष्यमै अनुशासन समिति गठन गरेर अन्तरघातीहरुमाथि कारवाही गर्ने बताउनु भयो ।
उहाँले पार्टीको सभापति कोइराला परिवारकै हुनुपर्ने गलत मानसिकता बोकेर शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेका छन् । आफु जेलपर्दा उनी कहाँ थिए ? त्यो स्मरण गर्न भन्दै पार्टी सभापति कोइराला परिवारकै हुनुपर्छ भन्ने के छ ? नेपाली कांग्रेस जनताको पार्टी भएको भन्दै पार्टी भित्र विपी कोइराला, गिरिजा प्रसाद कोइरालाको योगदान कसैले विर्सन नसकिने भन्दै कोइराला परिवारका अहिलेका व्यक्तिहरु २०४६ सालको परिवर्तनपछि राजनीतिमा देखा परेका हुन भन्नु भयो ।
सो कार्यक्रमलाई सम्बोधन गर्र्दै सह–महामन्त्री प्रकाश शरन महतले नेपाली कांग्रेसले चामल बेच्न नसकेको तर कम्युनिष्टहरुले कुहिएको पिठो बजार बिक्री गरेको भन्दै नेपाली कांग्रेसले जनताको लागि गरेका कामहरुको प्रचार गर्न नसकेको भन्नुभयो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, फर्मुल्लाह मंसुर, चन्द्र भण्डारी, अजय चौरसिया, एनपी साउथ, गगन थापा, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, सांसद बिनोद चौधरी, उमेशलाल श्रेष्ठ, पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, बिजय सर्राफ लगायतकाहरुले आ–आफ्ना मन्तव्य प्रकट गर्नु भएको थियो । सो कार्यकर्ता भेला नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

https://ankushdaily.com/