नेपाली कांग्रेस सभापति देउवालाई सिमरामा १५१ किलोको मालाले स्वागत

31

संतोष रन्जितकार
वीरगन्ज, ८ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिमरामा भव्य स्वागत गरिएको छ ।
बुधबार बिहान सिमरा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर समितिका सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाई स्वागत गरेका हुन् । सिमरा विमानस्थलबाट कार्यकर्ताको ठूलो भिडसहित पार्टी कार्यालयसम्म लगिएका देउवालाई त्यहाँ आयोजित कार्यक्रममा मालाले स्वागत गरिएको हो ।
सभापति देउवा कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्न वीरगंज गइरहेको बताएका थिए ।

https://ankushdaily.com/