प्रदेश नं. २ को शिक्षा कार्यदलको अध्यक्षमा मिश्रा

15

संतोष रन्जितकार
वीरगन्ज, ८ फागुन ।
राष्ट्रिय जनता पार्टी नेपाल पर्साद्वारा प्रदेश नं.२ को शिक्षा कार्यदलको अध्यक्ष पदमा देबेन्द्र मिश्रा मनोनयन हुनु भएको छ ।
उक्त कार्यक्रममा राजपा. नेपालको महासचिव राजेश मान सिंह, केन्द्रीय सदस्यहरू शम्भु प्रसाद चौरसिया, प्रमानन्द चौधरी, रम्भा मिश्रा, मिनु ठाकुर, बरकतुल नेसा, जिल्ला उपाध्यक्ष राजनारायण मिश्रा, नगर अध्यक्ष रोशन पटेल, नेताहरू खैरूद्दीन हवारी, अब्दुल कलाम मियाँ, रामबाबु पासवान, अब्दुल क्युम, मईम मियाँ, युवा नेताहरू समीर हवारी, भुषाल चौंरसिया, अफरोज मंसूरी, राजु गुप्ता, दस्ता अध्यक्ष बिष्णु पटेल विधार्थी नेताहरू जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, ठा.रा.ब एकाई अध्यक्ष अमित यादव, उपाध्यक्ष अफरोज आलम, सचिव मो.सागिर अलि, बिद्यार्थी नेता बिक्की राज पटेल, ओम प्रकाश साह, अकिन्द्र यादव, अजय कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला अध्यक्ष प्रेम बाबू पटेलको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गरेका थिए ।

https://ankushdaily.com/