होटल दियालो एण्ड लर्डस प्लाजाको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन

19

वीरगंज, ८ फागुन ।
वीरगंजमा भव्य होटल दियालो एण्ड लर्डस प्लाजाको उद्घाटन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको छ ।

सो उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा सहभागि भएका प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कांग्रेसलाई आफना गल्ती कमजोरी सुधार्न सुझाव दिंदै कांग्रेसले चाह्यो भने यो मुलुक समृद्ध बन्नबाट कुनै शक्तिले रोक्न नसक्ने भन्दै कांग्रेसले विगतका कमी र कमजोरी सुधार गरेर जानुपर्छ भन्नुभयो । वर्तमान संघीय सरकारले आफ्नो रवैया सुधार नगरेको खण्डमा मुलुक द्वन्दमा फस्ने मुख्यमन्त्री राउतको कथन थियो ।

राउतपछि प्रमुख अतिथिको हैसियतले मन्तव्य दिंदा उनले सरकारले आफ्नो कमीकमजोरी ढाकछोप गर्न प्रमुख प्रतिपक्षी दललाई गाली गरिरहेको आरोप लगाउनु भयो । नेपाली कांग्रेसका सभापति देउवाले संघ र प्रदेश सरकारमा फोरम सरकारमा बस्ने र कांग्रेसलाई यो गरेन, त्यो गरेन भन्न मिल्छ ? भनी प्रतिप्रश्न गर्दै प्रजातन्त्रको लागि २००७ सालदेखि निरन्तर लड्दै आएको कांग्रेस लोकतन्त्रको लागि कोहीसंग सम्झौता नगर्ने बताउनु भयो ।
होटल दियालो एण्ड लर्डस प्लाजाको संचालक पूर्व सांसद अनिल रुंगटाको अध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा नेपाली कांग्रेस सह–महामन्त्री प्रकाश शरन महत, सांसद प्रदिप गिरी, सांसद बिनोद चौधरी, विशाल पटवारीले सम्बोधन गर्नु भएको थियो ।