बीपीसीद्वारा बैंकिंग तथा इन्स्यौरेन्स सम्बन्धी एक दिने मेलाको आयोजना गरिने

9

संतोष रन्जितकार
वीरगंज, ९ फागुन ।
वीरगंज पब्लिक कलेजद्वारा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा सो कलेजका प्रबन्ध निर्देशक दिपक शाक्यले स्नातकोत्तर तहका विद्यार्थीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष गरिने इभेन्टस् म्यानेजमेन्ट अन्तर्गत यस वर्ष एमबीए प्रथम, एमबीएस दोस्रो तहका विद्यार्थीद्वारा बैंकिङ्ग एण्ड इन्स्यौरेन्स सम्बन्धी एक दिने निःशुल्क मेला यही फागुन ११ गते शनिबारका दिन आदर्श स्कुलको प्राङ्गणमा हुन गइरहेको छ । मेलाको मुख्य उद्देश्य विद्यार्थीहरुमा बैंकिंग तथा इन्स्यौरेन्स सम्बन्धी ज्ञान प्रदान गर्नु रहेको छ । यस मेलामा १२ स्कुल कलेज गरी ४ हजार भन्दा बढी विद्यार्थीहरु, २१ वटा बैंक र ८ वटा इन्स्यौरेन्स कम्पनीको सहभागिता रहने जनाएका थिए ।