होटेल स्तरीयकरण तथा लोगो बितरण कार्यक्रम

22

संतोष रन्जितकार
वीरगंज, ९ फागुन ।
नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्सा बिरगंजको आयोजनामा होटेल स्तरियकरण तथा लोगो बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम वीरगंजको होटेल रानी पोखरीमा बिहिबार सम्पन्न भएको हो । खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण मूल्याकंन ५० वटा सुचक रहेको छ । होटेल रेस्टुरेन्ट स्तर अतिउतम, उतम, मध्य र संतोषजनक गरि ४ भागमा मुल्यांकन गरिने कार्यालय प्रमुख रत्नकान्त झाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा हिमाञ्चल केबिनका संचालक, अनमोल स्वीट्सका संचालक लगायतको सहभागिता रहेको थियो ।