खुकुरी प्रहारबाट एक घाइते

4

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
वीरगंजमा बिहीबार राती एक जना युवक माथी खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारले वीरगंज वडा नं. १५ भिस्वा निवासी २७ वार्षिय अनुप सिंह घाइते भएका छन । घाइते सिंहको उपचार नेशनल मेडिकल कलेज वीरगंजमा भईरहेको छ ।
खुकुरी प्रहार गर्ने अशंकामा २ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा वीरगंज लक्ष्मणवा निवासी नन्दन भनिने आकाश सिंह राजपुत र विराट झा रहेका छन । दुई समुह विच भिस्वामा झडप भएको जानकारीमा आएको र सोही क्रममा एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अन्नत राज शर्माले बताए । पर्सा प्रहरीका प्रवक्ता समेत रहेका शर्माका अनुसार पक्राउ पर्ने २ जनाको साथबाट खुकुरी समेत बरामद भएको थियो ।
झडपको कारणले जानकारीमा नआएको तथा त्यसमाथि अनुसन्धान भईरहेको शर्माले जानकारी गराए ।