संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
प्याब्सन वीरगंज पर्साले बिहिबार देखि शुरु गरेको ३ दिने फन एन फेयर मेला शुक्रबार दोस्रो दिन पनि जारी रहेको छ । वीरगंज स्थित चिल्ड्रेन पार्कमा प्याब्सन पर्सासंग आबद्ध रहेका बिभिन्न निजी बिधालयका छात्र छात्राहरुले विज्ञान प्रबिधिका स्टल, गेम स्टल, फुड स्टल, सांस्कृतिक तथा मनोरन्जनात्मक प्रस्तुति बाल उद्यायनका खेल लगायतका स्टलहरु प्रदर्शनी गरेको छ । बिधार्थीहरुमा लुकेका प्रतिभालाई ब्यबहारमा उतार्न प्याब्सन पर्साले यो कार्यक्रमको आयोजना गरेको नगर अध्यक्ष आलोक चौरसियाले बताउनुभयो । फन एन फेयर मेलाको उद्घाटन वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले गर्नुभएको थियो । वहाले निजी बिधालयले यस्ता कार्यक्रमहरु गर्नाले बिधार्थीहरुको आत्मविश्वास र लुकेको प्रतिभालाई यसरी प्रदर्शनी मार्फत प्रस्तुती गरिएकोमा प्रशंसा गर्नु हुदै आगामी दिनहरुमा समेत यस्तै कार्यक्रमहरु आयोजना गरेर बिधार्थीहरुको मनोबल बढाउने काम गर्न आग्रह गर्नुभयो । युडीवाइ सेफ कम्प्युटर एजुकेशन अनुभूति फाउन्डेसन, एथिना नेसेन्ट कन्सल्टेन्सी लगायतको सहकार्यमा सो ३ दिने फन एन फेयर मेला शुरु गरिएको कार्यक्रम संयोजक मार्टिन मोक्तानले बताउनुभएको हो । मेलामा बिभिन्न बिधालयका बिधार्थीहरु एवम् शिक्षक शिक्षिका अभिभावक लगायतले प्रदर्शनीको अवलोकन गरेका थिए । उक्त मेलामा ख्यातीप्राप्त गायक गायिकाद्वारा भरपूर्ण मनोरन्जन दिइने प्याब्सन वीरगंजले जनाएको छ ।