मास्कोट विद्यालयको १८ औं वार्षिकोत्सव सम्पन्न

11

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
मास्कोट मा.वि को १८ औँ वार्षिक उत्सवको २०७५ को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । वार्षिक उत्सवको अवसरमा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले विद्यालयको प्रांगण मै रोचक तथा मनोरञ्जात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।

विद्यालयका शिक्षक र शिक्षिकाहरु लाई ईमान्दारी साथ पठनपाठन गराएकोमा सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी विरगंज युवा समाजका कमल चौगाईले सामाजीक कार्यमा अग्रसर भई कामगर्दै आएकोलाई सम्मान गर्दै चौगाईलाई पनि विद्यालयका प्रधानाध्यापक छेदुप लामाले कदर–पत्र प्रदान गर्नु भएको थियो ।

कदर–पत्र दिने क्रममा भारतीय महावाणिज्य दुतावास वीरगंजका वाणिज्य दुत डा.कोट्राश्वामी, विर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरक्षक निशान थापा, मास्कोट मा.वि प्र.अ छेदुप लामा ले संयुक्त रुपमा सम्मान र कदर पत्र दिनु भएको थियो । सो कार्यक्रम विद्यालय का प्र.अ छेदुप लामाको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी भारतीय महावाणिज्य दुतावास वीरगंजका वाणिज्य दुत डा.कोट्राश्वामी, विशिष्ट अतिथी विर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरक्षक निशान थापा, प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर साह, कोषाध्यक्ष सरोज प्रसाद चौधरी, केन्द्रिय सदस्य पुरन प्रधान, शम्भु रिमाल, अभिभावक संघका अमर गौतम लगायतको उपस्थिती रहेको थियो ।