मुख्यमन्त्री राउतद्वारा पुरस्कार प्रदान

6

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
कादम्बरी एकेडेमीको खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री राउतले पुरानो शिक्षा नीतिलाई खारेज गरी प्राविधिक शिक्षाको नीति ल्याएर मधेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा शिक्षालाई सहज बनाउने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, स्कुलका निर्देशक दिपक तुल्स्यान, शुशिल भट्टराई, प्रधानाध्यापक चाँदनी कुँवर, राजेन्द्र आचार्य, राजेश मिश्रा, लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा रामानन्द पाण्डे, उर्मिला लामा, संजित बनर्जीलाई मुख्यमन्त्री राउतले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।