समुदाय प्रहरी साझेदारीद्वारा विद्यार्थीहरुलाई साइबर क्राइम सम्बन्धी प्रशिक्षण

57

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार वीरगंजस्थित ब्रह्मचौकमा रहेको अनुभूति कलेजमा ऋथदभच अचष्mभ सम्बन्धीत विषयमा जनचेतनामुलक प्रशिक्षण सम्पन्न भएको छ । सो प्रशिक्षण वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्लले समाजमा बढदो घटनालाई न्युनिकरण गर्न तथा घटनाबाट कसरी बच्ने उपाय समेत सिकाएका थिए । सो प्रशिक्षण कार्यक्रममा कलेजका विद्यार्थी र शिक्षक गरी सयभन्दा बढीको सहभागिता रहेको थियो ।
त्यसैगरी समुदाय–प्रहरी साझेदारी अन्तर्गत शुक्रबार बारा महागढिमाई नगरपालिका वडा नं. १ स्थित श्री गढिमाई नमुना प्राविधिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिंह राठौरले लैङ्गिक हिंसा, ज.ज.क. तथा ज.ज.क.उद्योग र ऋथदभच ऋचष्mभ सम्बन्धी प्रशिक्षण दिएका थिए ।