सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एक पक्राउ

14

संतोष रन्जितकार
वीरगंज,१० फागुन ।
वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नगवा चौकबाट सशस्त्र प्रहरीले प्रतिबन्धीत लागुऔषध एम्पुल सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साकै ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर बस्ने अनुप लामा रहेका छन । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सिर्सियाबाट सशस्त्र प्रहरी निरिक्षक जिवन कुमार मल्लको कमाण्डमा खटेको टोलीले नगवा चौकबाट लामालाई लागु औषध एम्पुल सहित नियन्त्रणमा लिएको हो ।
वीरगंजसंग सिमा जोडिएको सिमावर्ती भारतीय शहर रक्सौलबाट वीरगंज तर्फ आइरहेका लामालाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागु औषध फेनरागन ३७ पिस, डाईजोल्याब ३७ पिस, नुर्फिन ३७ पिस, नाईट्रोभेट १५ पिस, सुई १ पिस, स्पेसनो प्रोस्किभन ८ पिस बरामद गरिएको सशस्त्र प्रहरी निरिक्षक जिवन कुमार मल्लले बताउनु भयो ।
लागुऔषध सहित लामालाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सिर्सियाले जनाएको छ ।