खेल जगतमा सरकारले ध्यान नदिएको कारण खेलजगत पछि परेको छ ः नेता रुंगटा

15

संतोष रन्जितकार
वीरगंज, ११ फागुन ।
अन्तराष्ट्रिय स्तरको प्रथम एशियन गेममा उत्कृष्ट भएका खेलाडीहरुलाई शनिबार श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा एक समारोहको आयोजना गरी सम्मान गरेको छ । नेपाल शिन क्योकुशिन कराते महासंघको आयोजनामा खेलाडीहरुलाई सम्मान गरेको हो । नेपाल शिन क्योकुशिन कराते महासंघका राष्ट्रिय अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा सो सम्मान कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता अनिल रु·टा रहेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेता रुंगटाले कुनै पनि खेलको चाहे त्यो फुटबल, क्रिकेट वा करांते होस् त्यो खेलका खेलाडीहरुले खेल राम्रो प्रदर्शन गर्‍यो भने उसले आफुलाई मात्रै होइन देशलाई नै चिनाउने काम गर्दछ । खेल जगतमा सरकारले ध्यान नदिएको कारण खेल जगत पछि परेको वहाँको गुनासो रहेको थियो । वहाँले खेलजगत तथा खेलाडीहरुलाई सदैव सहयोग गर्न आफु तयार रहेको बताउनु भयो । वहाँले आगामी दिनहरुमा यो भन्दा पनि राम्रो खेल प्रदर्शन गर्ने विश्वास लिएको तथा खेलाडीहरुलाई खेल्ने मैटको समेत व्यवस्था गरिदिने बताउनु भएको थियो ।
सो कार्यक्रममा अतिथिहरुद्वारा खेलाडीहरुलाई प्रमाण–पत्र र शिल्ड प्रदान गर्दै सम्मान गरिएको थियो । सम्मानित खेलाडीहरु राजेश महतो, स्नेहा महतो, राजकुमारी, मुस्कान कुमारी, रेडिशा भण्डारी, बिनिता मण्डल, रबि यादव लगायतको खेलाडीहरु रहेका थिए ।
त्यसैगरी प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहले खेलाडीहरुलाई १५ थान ट्रयाकसुट र नगद २५ हजार प्रदान गरेका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथिमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई, पर्साका प्रहरी उपरीक्षक रेवति ढकाल, प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर साह, अतिथीमा अरबिन्द गुप्ता, मनोज कुमार महतो, पशुपती बिक्रम शाह, उषा शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख र विशिष्ठ अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।