नारायणी उपक्षेत्रिय अस्पतालमा फलफुल वितरण

19

संतोष रन्जितकार
वीरगंज, ११ फागुन ।
जनता युवा क्लब वीरगंजको आयोजनामा शनिबार नारायणी उप–क्षेत्रीय अस्पतालमा रहेका ३०० बिरामीहरुलाई फलफुल, बिस्कुट र जुस बितरण गरिएको छ । निस्वार्थ भावनाले सामाजिक कार्य गर्ने उद्देश्यले २१ युवाहरु मिलि यो कार्य गर्ने सोचका साथ अगाडि बढेको अध्यक्ष मन्सुर खानले बताए । पर्सा जिल्ला भरी रहेका कुनै पनि समाजिक कार्यमा हाम्रो सहभागिता रहने र हरेक महिना कुनै न कुनै कार्य गरिरहने यसको लागि आफ्नै टिमहरुबाट नगद संकलन गरि सहयोग गर्दै रहने बताउनु भएको थियो ।

जनता युवा क्लबका अध्यक्ष मन्सुर खानको अध्यक्षता र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । फलफुल बितरण कार्यक्रममा क्लबका उपाध्यक्ष रमाशंकर कुमार सिंह, कोसाध्यक्ष महमद मिराज, सचिव महमद तन्बिर, सह–सचिव सत्पाल सिंह लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । त्यसैगरि आजै वीरगंज मानव सेवा आश्रममा पनि फलफुल बितरण गरिएको अध्यक्ष खानले बताउनु भयो ।