नेपाली कांग्रेस पर्साद्वारा घरदैलो कार्यक्रम

25

संतोष रन्जितकार
वीरगंज, ११ फागुन ।
जनताको नेता जनताको घरमा नाराका साथ नेपाली कांग्रेस पर्साले घरदैलो कार्यक्रमको आयोजना गरेको छ । पर्सा क्षेत्र नं.१ ले वीरगंज महानगरपालिको वडा न.२१ परवानीपुरको ताजपुर टोलमा नेपाली काग्रेस फर्साले घरदैलो र्कायक्रम गरेको हो ।
सो कार्यत्रम वडा नं २१ का बुथ सभापति अनिल श्रीवास्तवको सभापतित्वमा गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, विशिष्ठ अतिथि पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता अनिल रुगंटा र वीरगंज महानगर पालिकाकी उपमेयर शान्ति कार्की रहनु भएको थियो ।
क्षेत्रको स्थानिय स्तरमा विकासको काम स्थिति र गतिको निरिक्षण र अवलोकनको लागि घरदैलो गरिएको पुर्व सांसद रुगंटाले बताएका थिए ।
केन्द्रिय तथा संसदिय कोषबाट ताजपुरमा कुनैपनि निति तथा योजना नभएको भन्दै पुर्व सांसद रुगटाले गुनासो गरेका छन । चुनाव बितेको एक र्वष भएको छ यस वडामा नेपाली कांग्रेसका वडाध्यक्ष भएकोले फोरमबाट जितेका सांसदले आफ्नो संसदिय कोषको लगानी नगरेको आरोप लगाएका हुन ।
कार्यक्रमा बोल्दै कांग्रेस पर्साका सभापति द्विवेदीले विकासको काममा कुनै जातजाति, वर्ग वा पार्टीबाट प्रेरित नभएर काम गर्न र काममा सहयोग गर्न आग्रह गरेका थिए । विकासको कामले राष्ट्र र जनतालाई समृद्धि तर्फ लैजाने भएकोले राष्ट्र र जनताको हित मात्र सोचेर अगाडी बढन सभापति द्विवेदीले जोड दिएका थिए । कार्यक्रममा सहभागी नेताहरूले स्थानियहरुसंग छलफल समेत गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष हबिब मिया, नेता विजय सरार्फ, विधार्थी नेता विश्वास द्विवेदी, दिलिपराज कार्की लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/