बीपीसी कलेजद्वारा बैंकिंग र इन्स्यौरेन्स सम्बन्धि एक दिने मेला सम्पन्न

33

संतोष रन्जितकार
वीरगंज, ११ फागुन ।
वीरगंज पब्लिक कलेजद्वारा शनिबार बैंकि· एण्ड इन्स्यौरेन्स सम्बन्धी एक दिने मेलाको आयोजना गरेको छ । सो मेला वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक दिपक शाक्यको अध्यक्षतामा आदर्श स्कुलको प्रा·णमा सम्पन्न भएको थियो भने मेलाको प्रमुख अतिथि वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक तथा बैंक अफ एसोसिएसनको अध्यक्ष विश्वप्रकाश ज्ञवाली रहेका थिए । मेलाको प्रमुख अतिथि अध्यक्ष ज्ञवालीद्वारा बिरुवामा पानी हालेर मेलाको शुभारम्भ गरेका थिए ।

सो एक दिने मेलामा हजारौं विद्यार्थीहरुले अवलोकन गर्नुको साथै बैंकको स्टलहरुमा बैंक तथा इन्स्यौरेन्स सम्बन्धी जानकारी लिएका थिए । मेलामा नबिल बैंक, बैंक अफ एशिया, ग्लोबल आइएमई बैंक, राष्ट्र वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाईफ इन्स्यौरेन्स, प्रिडेन्सियल इन्स्यौरेन्स, एनएलजी इन्स्यौरेन्स लगायतको बैंकहरुको सहभागिता रहेको थियो । सो मेलामा बीपीसी कलेजका प्रमुख बिनय श्रेष्ठ, प्रिन्सिपल हरिरत्न तुलाधर, प्रोग्राम डाइरेक्टर संकलप शाक्य, कोर्डिनेटर अरबिन्द श्रेष्ठ तथा बैंकका प्रबन्धक कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन बासुलाल कर्णले गरेका थिए ।

https://ankushdaily.com/