श्रीराम घाट छठ सेवा समितिद्वारा नयाँ ४१ सदस्यीय समिति गठन

12

संतोष रन्जितकार
वीरगंज, ११ फागुन ।
वीरगंज महानगरपालिका वडा नं. २४ रामगाढवा नयाबस्ती श्रीराम घाट छठ सेवा समितिको आयोजनामा शनिबार वीरगंज माइस्थान मन्दिर आगाडीको पार्कमा बृहद बैठक सम्पन्न गरेको छ । सो बैठक सुरेन्द्र कुर्मीको अध्यक्षतामा सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने सम्बन्धमा बसेको हो । कार्यक्रमको संचालन रामराज्य यादवले गरेका थिए भने स्वागत मन्तब्य बृजेशवर प्रसाद चौघरीले गर्नु भएको थियो । बैठकमा प्रदेश सभासद राजेश्वर साह तेली, शशीकपुर मियाँ, ब्रहृमदेव कुर्मी, मोनिका सिंह, ओमप्रकाश साह, माल्ती कुशवाहा, शैलेन्द्र त्रिपाठी, दिलीपराज कार्की, बिजय चौहान, रितेश त्रिपाठी, पन्नालाल गुप्ता, अशोक श्रीवास्तव, आर सी यादव, जगत राइ लगायतको उपस्थिति रहेको थियो ।
बैठकको छलफल पश्चात सुरेन्द्र कुर्मीको संयोजकत्वमा ४१ सदस्यीय नयाँ समिति समेत गठन गरिएको थियो । साथै यही फागुन १५ गते बुधवार, बिहानै ७ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १८ जगरनाथपुर गाउँको स्कुलमा अर्को बैठक बस्ने कायँक्रम रहेको समेत जानकारी गराइएको थियो ।