संतोष रन्जितकार
वीरगंज, ११ फागुन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजार वीरगंजको आयोजनामा झएको खुल्ला रक्तmदान कार्यत्रममा ६ महिला सहित ६६ जनाले रक्तदान गरेका छन । रत्तदान गर्नु हुनेमा अनिता ठकुरी,लीला कुमारी राम, रेश्मी मिश्रा, सुनिता देवी मिश्रा, सतिश कुमार श्रीवास्तव, पुरुषोत्तम पाण्डे, नरेन्द्र पाण्डे, नितेश साह, दिपेन्द्र श्रेष्ठ, लक्ष्मण प्रसाद राउत, वकिल हवारी, उदय चौधरी लगायतले रक्तदान गरेका हुन् । सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ताको अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको प्रमुख आतिथ्यमा सम्पन्न झएको रक्तदान कार्यत्रमको विशिष्ठ अतिथि पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवति ढकाल रहेका थिए । कार्यक्रममा पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, सामुदायिक सेवाका पदाधिकारीहरु, संचारकर्मीहरुको सझागिता रहेको थियो । सो रक्तदान कार्यत्रममा श्री चन्दि प्रसाद गण पर्सा, सशस्त्र प्रहरी बल गण पर्सा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निसान थापा, बासुदेव सहनी, बसपार्कका प्रहरी नायब निरीक्षक बैधनाथ प्रसाद दास, असगर अलिलाई सम्मानित गरिएको थियो । कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्र मिनाबजारका सचिव ग्यासुमिया देवानले गर्नु भएको थियो ।