अवैध सामान र लागुऔषध सहित एक पक्राउ

44

संतोष रन्जितकार
वीरगंज, १२ फागुन ।
वडा प्रहरी कार्यालय श्रीपुरले भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको अवैध सामानहरु आइतबार पक्राउ गरेको छ । भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा थानको कपडा, इलेक्ट्रोनिक सामान, पापड लगायतका सामानहरु पक्राउ गरेको हो । पक्राउ परेका सामानहरुको मुल्य रु. ५० हजार ८ सय बराबरको रहेको प्रहरीले जनाएको थियो । सो अवैध सामानहरुलाई आइतबार आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा पठाएको प्रहरी निरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।


त्यसैगरी शनिबार प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा न.१६ शंकराचार्य गेट स्थित सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल याक्रीहरुलाई चेकजाँच गर्ने त्रममा नेपालबाट भारत तर्फ पैदल हिडी जादै गरेको भारत वेस्ट बंगाल कलकत्ता घर बताउने महम्मद जलालउदिनको छोरा बर्ष ३१ को महम्मद फैयाजको साथबाट लागुऔषध चरेस ४ किलो फेला परेकोले सो लागु औषध सहित निज महम्मद फैयाजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको थियो । निज फैयाजमाथि लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।