वीरगन्ज, १२ फागुन ।
वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २५१ कुण्डीय यज्ञशालाको निर्माण कार्य आइतबारदेखि शुरु भएको छ । आर्दशनगर रगंशालामा आयोजना गरिएको महायज्ञको लागि २५१ कुण्डीय यज्ञशाला निर्माणको पुजन आईतबार भव्य रुपमा सम्पन्न भएको हो । महायज्ञ आयोजना समिती वीरगन्जका संयोजक एवं वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भिष्म भुषालले संयुक्त रुपमा यज्ञ कुण्डको विधिवत रुपमा पुजापाठ गरी शुभारम्भ गर्नु भएको हो । आज चारवटा यज्ञकुण्ड तयार गरी प्रारम्भ गरिएको छ, कुण्ड यज्ञ पुजनमा मुख्य अतिथिको रुपमा रहेका मनोज दास र विशाल पटवारीको पनि सहभागिता रहेको थियो । यज्ञ कुण्डको विधिवत पुजन भएपछि आजदेखि २५१ यज्ञ कुण्ड निर्माण कार्य प्रारम्भ हुने छ ।
यज्ञ कुण्डको पुजन शान्तिकुन्च हरिद्वार भारतबाट आएकी ब्रहमवादणी महिला टोलीले विधिपूर्वक पुजापाठ गरी यज्ञको प्रारम्भ गराएको हो । ब्रहमवादणी टोलीकी प्रमुख श्यामा राठौरको नेतृत्वमा रहेको महिला टोलीले पुजापाठ गरेका थिए । कुण्ड पुजनमा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले महायज्ञ सफल बनाउन तथारुकताका साथ लाग्न स्वंयसेवकहरुलाई आग्रह गर्नुभएको थियो ।
हामीले स्वंयसेवकको लागि हरेक सुविधाको व्यवस्था मिलाएका छौ, तर पनि खाना, बस्नमा केहि कठिनाई भएतापनि राष्ट्रको समृद्धि, मनुष्यको शिघ्र स्वास्थ्य, धर्मको उत्थानको लागि हुन गईरहेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन हातेमालो गरेर अगाडी बढ्न सबैमा आग्रह गरेका थिए । नेपालमा पहिलो पल्ट हुन गईरहेको अश्वमेध गायत्री महायज्ञ हाम्रो लागि गौरवको विषय रहेको उनले बताएका थिए ।
महायज्ञ सफल बनाउन पर्साका सम्पूर्ण सुरक्षा निकायहरु पनि लागि परेको बताउदै महायज्ञमा सहभागि हुन आउँने पाहुनाको स्वागतको लागि वीरगन्जको मुख्यनाका अत्याधिक भिड हुने भएकोले अन्य नाकाबाट पनि प्रवेश गराउने सुरक्षा व्यवस्था मिलाउने काम भईरहेको उनले बताए । यज्ञ कुण्ड प्रारम्भ पुजन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भिष्म भुषालले महायज्ञ सफल बनाउन गायत्री माताले हामीलाई जिम्मेवारी दिनु भएको छ, यो हाम्रो लागि सौभाग्यको कुरा रहेकोले यसको सफलताको लागि महानगरपालिका निरन्तर लागि पर्ने छ ।