वीरगंजमा एन्जियोग्राफी सेवा हुंदा प्रदेश नं. २ का मुटुरोगीहरुको ज्यान जाने अवस्था आउंदैन ः प्रबन्ध निर्देशक अंसारी
संतोष रन्जितकार
वीरगंज, १२ फागुन ।
गण्डक बहुअरीस्थित रहेको वीरगंजहेल्थ केयर हस्पिटलले गंगालाल हृदय केन्द्र बाँसवारीका दक्ष चिकित्सकहरुसँगको सहकार्यमा एन्जियोग्राफी सेवा सुरु गरेको छ ।
तीन महिनादेखि अस्पतालमा एन्जियोग्राफी सेवा सञ्चालन भइरहेको अस्पताललका प्रबन्ध निर्देशक अबुलहैस अन्सारीले जानकारी दिएका हुन् । ॅवि.स.२०६७ सालदेखि विविध विशेषज्ञ सेवा दिइरहेका थियौं । अब मुटु रोगीका लागि सेवा दिन पाएका छौं, उनले भने ॅप्रदेश नं. २ का ८ जिल्लाका मुटु रोगीको लागि प्रदेशमै सुविधा दिन स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको बताए ।
वीरगञ्जमा सुरु गरिएको एन्जियोग्राफी सेवाले प्रदेश नं. २ का मुटुरोगीको लागि फलदायी हुने विश्वास उनले व्यक्त गरेका थिए ।
गंगालाल हृदय केन्द्र बाँसबारीका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रवि मल्लले गंगालालमा एन्जियोप्लाष्टि गराउन कतिपय रोगीलाई समस्या हुने हुँदा वीरगञ्जबाटै सेवा हुँदा फाइदाजनक हुने बताए । समयमा अस्पताल नपुग्दा कतिपय मुटुरोगीको ज्यान जाने गरेको छ । त्यसैले नजिकमै त्यो सेवा भएको खण्डमा मानिसहरुको ज्यान जाने अवस्था नआउने उनले बताए । वीरगञ्जमा सेवा बिस्तार भएसँगै खर्च र समयको बचत हुन्छ । काठमाण्डौं ओहोरदोहोर र बस्दा लाग्ने खर्च मात्रै जोगियो भने पनि निकै फाइदा हुन्छ ।
अस्पतालमा जडान गरिएको मुटुको नशा ब्लक भएको वा नभएको हेर्ने विधि एन्जियोग्राफीको नतिजा अनुसार २९ जनामा नशा ब्लक भएको पाइएको छ । काठमाण्डौंमा उपचार गराउन जाने बिरामी मध्ये प्रदेश २ का बिरामी ८० प्रतिशतको हाराहारीमा हुने गरेको चिकित्सकहरुको दावी छ ।
विपन्न वर्गलाई सरकारले मुटु रोगको उपचारमा बढीमा १ लाखसम्म अनुदान दिँदै आएको छ । प्रदेश नं २ का अस्पतालहरुमा एन्जीयोग्राफी सेवा सञ्चालनमा नआउँदा काठमाण्डौं नै धाउनुपर्ने बाध्यता थियो ।
प्रदेश नं २ मा सञ्चालित हेल्थ केयरले एन्जीयोग्राफी सेवा थप गरेसँगै मुटुरोगीको उपचारमा सहजता थपिने हेल्थ केयरमा कार्यरत जयमोद ठाकुर बताउँछन् ।
अस्पतालमा गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विनय रौनियार, हेल्थ केयरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम इजहार, डां अच्युतानन्दलाल कर्ण, हेल्थ केयरका न्यूरो सर्जन डा. फिरोज अफजल, डा.दीपक कुशवाहा लगायतको टोलीले उपचार सेवा प्रदान गर्ने नर्सि· इन्चार्ज भूमिका अधिकारीले जानकारी दिइन् ।