अवैध कपडा तथा गुटखा सहित एक पक्राउ

66

संतोष रन्जितकार
वीरगंज, १३ फागुन ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा गुल्मबाट खटेको प्रहरी टोलीले इनर्वा गाउँको छेउको गाउँ बारा जिल्लाको सिमा क्षेत्रबाट भन्सार छली गरी लाखौं मुल्यका विभिन्न सामानहरु बरामद गरेको छ । सिमावर्ती शहर भारतको रक्सौलबाट टाउँकोमा बोकी पैदल नेपाल तर्फ आइरहेको व्यक्तिहरु सशस्त्र प्रहरीको टोलीलाई देखेर सामान तथा कपडाको पोका फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामानहरु विभिन्न किसिमका लत्ताकपडा रहेको सशस्त्र प्रहरी निरिक्षक पदम खड्काले बताउनु भयो । पक्राउ गरिएको सामानहरुलाई थप अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले अवैध गुटखा सहित एक जनालाई सोमबार पक्राउ गरेको छ ।
सो प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१२ बस्ने द्वारिका प्रसाद केशरीको छोरा निरेजन केशरीलाई भारतबाट भन्सार छली चोरी पैठारी गरी द्यच्ण्छःटण्घड नम्बरको मोटरसाइकलमा रजनी गन्धा, राजनिवाश र शिखर गुटखा ल्याइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएको अवैध गुटखाहरु रू.१ लाख २५ हजार ६५० बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएको गुटखा र मोटरसाईकल सहित पक्राउ परेका निज व्यक्तिलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाईएको थियो ।

https://ankushdaily.com/