दोस्रो जीतपुर बृहत खेलकुद सांस्कृतिक एवं ब्यपार मेला लाग्ने

33

मनोज साह
जीतपुर बारा, १३ फागुन ।
दोस्रो जीतपुर बृहत खेलकुद साँस्कृतिक एवं ब्यपार मेला फागुन २३ गते देखि सुरु हुने भएको छ । आयोजक दोस्रो जीतपुर बृहत खेलकुद साँस्कृतिक एवम ब्यापार मेला समितीले पक्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो । मेला समितीका अध्यक्ष शत्ति गुप्ताले मेलामा एम्बुलेन्स खरिद गरि प्रभावकारी रुपले सञ्चालन गर्ने उद्देश्यले फागुन २३ गते देखि चैत्रको तीन गतेसम्म सो मेला लाग्ने जानकारी दिए । ऐतिहासिक नगरी, पृथक पहिचान, जीतपुरको शान भन्ने मुल नाराको साथ लाग्न गईरहेको मेलामा यस क्षेत्रका सबै खाले बिबिधता र बिशेषताको प्रचार–प्रसार एवं परिकारहरु मार्फत यस क्षेत्रको परिचय अभिवृद्धि गर्ने एवं हाम्रो मौलिक कला संस्कृतिको समेत संरक्षण गर्ने उद्देश्य रहेको मेला समितकिा अध्यक्ष गुप्ताले बताए । मेला समितीका सचिव श्रीराम साह कानुले फागुन १६ गते देखि मेला लगाउने भनिएपनि मेलाको दोस्रो पक्ष ब्यवस्थापनको भुमिकामा रहेको पशुपती फेयर एक्जीबीसन नेपालको एक सदस्यको आकस्मात मृत्यु भएको कारण केही दिनको लागि मेलाको समय अगाडी बढाइएको बताए । मेला समितीका कोषाध्यक्ष प्रिन्स गुप्ताले मेला अवधिभरी लाग्ने अनुमानित खर्च ६३ लाख ५० हजारको खर्च बिवरण प्रस्तुत गरेका थिए । त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले एम्बुलेन्स खरिद गरिने पबित्र उद्देश्य बोकी मेला लाग्न गईरहेकाले मेलाबाट एम्बुलेन्स खरिद गर्न अपुग रकम भए बाँकी रकम आफुले जोहो गरिदिने प्रतिबधता जनाए ।
मेला समितीका पुर्ब अध्यक्ष मनोज साहले प्रथम जीतपुर बृहद खेलकुद, साँस्कृतिक एवं ब्यापार मेलाबाट आफुहरु पाठ सिकेकाले बिगतका कमी कमजोरीलाई सच्याई अघि बढ्ने बताए ।
पत्रकार सम्मेलनमा मेला समितीले मेलामा उद्योग प्रतिष्ठानका उत्पादित उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि, ईलेक्ट्रीक तथा ईलेक्ट्रोनिक्स सामग्रीहरुको प्रदर्शनी तथा बिक्रि, अटो मोबाईल तथा सवारी साधनहरु प्रदर्शनी, बिभिन्न जातजाती र समुदायको साँस्कृतिक झाँकीहरु, प्रतियोगितात्मक खेलकुद, बाल उद्यान तथा बिभिन्न मनोरञ्जनात्मक खेलहरु र राष्ट्रिय सेलिब्रेटी तथा स्थानीय कलाकारहरुको नेपाली, भोजपुरी, थारु लगायत अन्य भाषाहरुको साँस्कृतिक प्रस्तुतीहरु गरिने जनाएका थिए ।
सम्मेलनमा मेला समितीका उपाध्यक्ष मोतिआलम अंसारी ,रञ्जना झा ,कृष्णा गुप्ता ,सहसचिव बिबेक सर्राफ ,पशुपती फेयर एक्जीबीसन नेपालका अध्यक्ष बिद्यार्थी साह ,कोषाध्यक्ष अनित बिष्ट लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रेस संयोजक रञ्जन यादवले गरेका थिए ।