प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुनेः सभापति देउवा

21

रसुवा, १३ फागुन (रासस) ः
नेपाली का·्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न लागेकाले यसका विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ ।

सभापति देउवाले चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उल्लेख गर्दै रसुवादेखि शुरु भएको का·्रेस प्रवेशको अभियानलाई देशव्यापी रुपमा लगिने र अन्य पार्टीबाट का·्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताउनुभयो ।


पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र मुलुकको आर्थिक विकासमा सरकारले काम गर्न नसकेको आरोप लगाउँदै समृद्धिको यात्रा कम्युनिष्टको नेतृत्वमा पूरा हुन सक्दैन भन्नुभयो ।
वाइडबडी, एनसेल, सुनकाण्ड र निर्मला पन्त काण्डमा सरकार मौन बसेको पनि उहाँले उल्लेख गर्नुभयो ।
पार्टीका महामन्त्री डा शशाङ्ढ कोइरालाले पार्टी एकता अभियानलाई मुलुकको सबै जिल्लामा लैजानुपर्ने बताउँदै आउँदो निर्वाचनमा का·्रेस एक नम्बर पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । का·्रेस अहिले पनि बलियो छ, आगामी दिनमा पनि बलियो रहन्छ, उहाँले भन्नुभयो, पार्ट्भीित्र देखिएको गुट–उपगुट अन्त्य गरी अब पार्टी एकजुट भएर अगाडि बढ्छ ।
का·्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनअपेक्षा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकलाई प्रजातान्त्रिक बाटोमा लैजान का·्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै अब पार्टीलाई नवीन ढ·ले अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो ।
सरकार अपराधी खोज्नुभन्दा अपराधी जन्माउन लागेको आरोप लगाउँदै उहाँले आगामी निर्वाचन जित्ने गरी पार्टी स·ठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकार गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरिरहेको बताउँदै सरकारले प्रजातान्त्रिक चरित्र गुमाएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्रीको सपनामा पानीजहाज, हवाईजहाज र रेल छ, जनता छैनन्, उहाँले भन्नुभयो ।
नेपाली का·्रेस रसुवाका सांसद मोहन आचार्यले रसुवाको विकास र समृद्धिका लागि आफू लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ शक्ति नेपाल रसुवाका संयोजक फुर्वु वाङ्दी तामाङले रसुवामा हुने तस्करी, घुसखोरी र भ्रष्टाचारको अन्त्य गर्दै रसुवाको समग्र विकासका लागि आफूहरुले का·्रेससँग एकता गरेको बताउनुभयो ।
नेपाली का·्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, रसुवा प्रदेश (ख)का सांसद प्रभात तामाङ, का·्रेस रसुवाका पूर्वसभापति लामा कार्पु तामाङ लगायतले नेपाली का·्रेस बलियो भए मात्र मुलुक बन्ने बताउनुझयो ।
कार्यक्रममा नयाँ शत्ति पार्टीका जिल्ला संयोजकको नेतृत्वमा चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता का·्रेस पार्टीमा प्रवेश गरेको थियो ।