मेयर सरावगीले गरे वडा कार्यालयको भवन शिलान्यास

20

वीरगंज, १३ फागुन ।
वीरगंज–१८ भवानीपुरमा सोमबार वीरगंज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीले नमुना वडा कार्यालय भवनको शिलान्यास गरेका छन् । बलियो आधार र वीरगंजको विकासको लागि ५० वर्षसम्म टिक्ने भौतिक संरचना बनाउने महानगरको रणनीति तथा लक्ष्य रहेकोले यो कार्यमा अघि बढेको मेयर सरावगीले बताएका हुन् ।
उनले जग बलियो तथा आधुनिक वैज्ञानिक किसिमको भए सबै सेवाग्राहीलाई सहज सुविधा दिन सकिने भएकोले करिब १ करोड ५ लाखको बजेटमा उक्त भवन डेढवर्ष भित्र निर्माण सकिने प्रतिबद्धता जनाएका थिए । शुरुमा १ करोड ४६ लाख अनुमानित बजेट भए तापनि राष्ट्रिय प्रतिस्पर्धाबाट ईबिडिगबाट निर्माण कम्पनी छनौट भएर काम शुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसालले जानकारी दिए ।
लो बिडिगको कारण ठेकेदारलाई १ करोड ५ लाखमा ठेक्कापरेको थियो । उनले भने ५/१० वर्षको लागि मात्र भौतिक पूर्वाधार बनाउने होइन ५० वर्षसम्म चल्ने भवन आधुनिक र बैज्ञानिक तरिकाले बन्ने बताउनु भयो । यसमा बिजुली भर्‍यांगदेखि उचित पार्कि·, टोकेन प्रणालीबाट वडाबाटसेवा लिन सक्ने किसिमको पूर्वाधार निर्माण हुने छ । वडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा गाउँवासीको व्यापाक उपस्थिति रहेको थियो ।