अवैध सामान र लागुऔषध चरेस सहित एक पक्राउ

17

संतोष रन्जितकार
वीरगंज, १४ फागुन ।
यही फागुन १३ गते सोमबार प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटमा चेकजाँचको क्रममा लागूऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले शंकराचार्य गेट स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल याक्रुहरुलाई चेकजाँच गर्ने त्रममा नेपालबाट भारततर्फ जांदै गरेको अवस्थामा साइकल यात्रु भारत मोतीहारी जिल्ला थाना हरैया सुन्दरपुर–४ बस्ने अमिति मियाँको साथबाट लागुऔषध चरेस १ किलो बरामद गरेको हो । बरामद गरेको लागुऔषध र साईकल सहित निज मियाँलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी गैरकानूनी तवरले विभिन्न सामानहरु भारतबाट नेपाल तर्फ तथा नेपालबाट भारततर्फ ओसार–पसार कार्य नियन्त्रण गर्न यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १५ बसपार्क स्थितबाट ४३ पिस कुर्ता सुरुवाल, २४ पिस साडी, ५२ पिस टि–सर्ट, ६ पिस लेडिज बैग र एक कार्टुन औषधी समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको एक प्रहरीले जानकारी दिएका छन् ।