जनकपुरधाम, १४ फागुन ।
प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले समाजिक सञ्जालमा अंकुश लगाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेकपाको सरकारले समाजिक सञ्जालमाथि नियन्त्रण गरेर अधिनायकवाद तर्फ देशलाई लग्न खोजिएको उनले आरोप लगाए ।
जनताको जनादेशलाई दुरुपयोग गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमाथि सेन्सर गर्न खोजिए आन्दोलन हुने मन्त्री सोनलको भनाइ रहेको थियो । जनकपुरमा नेपाल फोटो पक्रकार महासंघले आयोजना गरेको कार्यत्रममा सोनलले समाजिक सञ्जालमा अंकुश लगाए आन्दोलन गर्ने चेतावनी दिएका हुन । मन्त्री सोनलले नेकपाले पार्टीबाटै देश चलाउन खोजेको छ, ॅपार्टीबाट पार्टी, प्रदेश, संसद, देश र न्यायलाई कन्ट्रोल गर्न खोजिएको छ । पार्टीबाट मुलुकमा कन्ट्रोल गर्न खोजिए हामी आन्दोलन गर्ने बताएका थिए । सरकारले समाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोजिए बर्दास्त हुदैन । वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजीरहेको र अनेक बहाना झिकेर नागरिक स्वतन्त्रतामाथि कुठाराघात गरिरहेको आरोप सोही कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले लगाउनु भयो । नेपाल पत्रकार महासंघ धुनषाका सभापति अनिल मिश्राले शब्दले व्यक्त गर्न नसकेको मर्मलाई फोटोले व्यक्त गर्न सकिने भन्दै आफ्नो संस्थाको तर्फबाट नेपाल फोटो पत्रकार महासंघलाई सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धुव्र आलेको अध्यक्षतामा सम्पन्न झएको सो कार्यक्रममा जितलाल श्रेष्ठले स्वागत मन्तव्य व्यत्त गर्नुभएको थियो ।