फोटो पत्रकार महासंघमा राम सर्राफ

13

जनकपुर, १४ फागुन ।
नेपाल फोटो पत्रकार महासंघको प्रदेश नम्बर २ को संयोजकमा फोटो पत्रकार राम सर्राफ चयन हुनुभएको छ । मंगलबार जनकपुरमा भएको महासंघको प्रदेशस्तरीय भेलाले सर्राफलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
सो प्रदेशस्तरीय भेलामा प्रदेश नम्बर २ का भौतिक योजना तथा यातायात विकासमन्त्री जितेन्द्र सोनल, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतको सहभागिता रहेको थियो । सर्राफले यसअघि फोटो पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिसक्नु भएको छ । संयोजकमा चयन भएपछि संयोजक सर्राफले फोटो पत्रकारहरुको पेशागत हकहितका लागि आफू सधैं लागिपर्ने बताउनुभयो । फोटो पत्रकाहरुको पेशागत चुनौती समाधान र प्रवर्द्धनका लागि सरोकारका निकाय र पक्षसित अधिकतम पहल र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहसंयोजकमा फोटो पत्रकार पंकज श्रेष्ठ चयन हुनुभएको छ । सचिवमा फणि महत, सहसचिवमा गणेश साह, कोषाध्यक्षामा दिवाकर भण्डारी र सदस्यमा श्रवण थापालगायत चयन हुनुभएको हो । पदाधिकारी र सदस्यहरुलाई बधाई दि“दै मन्त्री सोनलले सफल कार्यकालको कामना समेत गर्नुभएको थियो ।