वर्तमान सरकारले भ्रष्टाचारीहरुको संरक्षण गरिरहेको छ ः केन्द्रिय महासचिव शाही

4

संतोष रन्जितकार
बीरगंज, १४ फागुन ।
नेपाल तरुण दलका केन्दिय महासचिव भूपेन्द्र जंग शाहीले वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण दिइरहेको र भ्रष्टाचारको एक हिस्सा सरकार आफैले लिने गरेको आरोप लगाउनु भएको छ ।
नेपाल तरुण दल पर्साको आयोजनामा मंगलवार वीरगंजको श्रीपुरमा रहेको नेपाली का·्रेस पर्सा कार्यालयमा पत्रकार भेटघाट सम्पन्न भएको छ । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय महासचिव भुनेन्द्र ज·शाहिले सरकारले गरेको सबै गलत क्रियाकलापहरुको भण्डाफोर गर्ने, सचेत गराउने, जागरुक गराउने जस्ता कामहरु गर्दै आएको तथा गर्दै रहने बताएका थिए । देशव्यापी रुपमा माघ ८ गते देखि १४ गते सम्म पुर्वको बिराटनगर देखि पश्चिम्को धनगढीको ७ ओटै प्रदेशमा बिरोध कार्यक्रम गरिसकेकोले अब पनि सरकार अधिनायकवादको बाटोमा दुई तिहाईको दम्भमा एकलौटी रुपमा भष्ट्राचारी, बलत्कारी, महंगी, अराजकता र प्रेस माथी अंकुश लगाउने जस्ता कार्य गरेको भन्दै महासचिव शाहिले आरोप लगाउनु भएको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, पर्साका सचिव बिबेक चौरसिया, क्षेत्रीय अध्यक्ष अनिल यादव, नगर अध्यक्ष अजय गुप्ता, नगर उपाध्यक्ष जंग बहादुर पटेल लगायतको सहभागिता रहेको थियो ।