चट्याङ लागेर एक महिलाको मृत्यु र अर्को घाइते

15

संतोष रन्जितकार
वीरगन्ज, १५ फागुन ।
वीरगन्जमा बुधबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगंजकी ३० वर्षीया रुआफजा खातुन रहेकी छन् ।
उनीसँगै घाइते भएकी छिमेकी ४० वर्षीया शायदा खातुनको भने वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ । दिउँसो १ बजेतिर घर बाहिर निस्किएका बेला वर्षा हुन थालेपछि रुअफजा र शायदा दुवैजना गाउँमै रहेको आँपको रुखमुनि बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुवैलाई गारुउँलेहरुले तत्कालै वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगेपनि रुअफजाको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
मृतक रुअफजाको शव नारायणी उपक्षेत्रीय अस्पतलमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको प्रहरी उपरीक्षक ढकालले बताए ।