संतोष रन्जितकार
वीरगंज, १५ फागुन ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी श्रीपुरको आयोजना र माट्रिका आई फाउण्डेसन वीरगंजको सहयोगमा अल्पाईन बोर्डि· स्कुल श्रीपुरमा बुधबार निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । वडा नं.११ का वडा अध्यक्ष प्रधुमन सेढाईको अध्यक्षता र पर्साका ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंहको प्रमुख आतिथ्यमा आँखा चेकजाँच गरी शिविरको उद्घाटन गरिएको थियो ।
सो शिविरमा ३३० जनाको आँखा परिक्षण गरिएकोमा १५ जनामा मोतियाबिन्दु देखा परेको माट्रिका आई फाउण्डेशनका डा. महेश सिंह धामीले जानकारी गराउनु भएको थियो । त्यसैगरी शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको र मोतियाबिन्दु भएकाहरुको माट्रिका आई फाउण्डेशन वीरगंजले निःशुल्क शल्यक्रिया गर्ने बताएका थिए । शिबिरमा सामुदायिक सेवा केन्द्र श्रीपुरका उपाध्यक्ष रेखा घिमिरे, सचिव दिलिप प्रधान, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल, नेपाल पत्रकार महासघ प्रदेश नं. २ का सदस्य जगत राई, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्की, सामाजिक अभियन्ता प्रकाश थारु, अल्पाईन स्कुलका संचालक बिनोद उपाध्याय, नमुना प्रगतिशिल महिला समुहका सचिव प्रिति जैसवाल, सामुदायिक प्रहरी सेवा केन्द्रका लालुमाया तामाङ, अवधेस झा, सामुदायिक सेवा केन्द्रका सदस्य एवम सञ्चारकर्मी अजित भुजेल, जाकिर हुसेन लगायत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमा माट्रिका आई फाउण्डेशनका डा.महेश सिंह धामी र डा.मनोरञ्जन यादवले आँखा चेकजाँच गर्नु भएको थियो ।