वीरगंज, १५ फागुन ।
ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगरुंजले हरेक वर्ष झैं यस वर्ष पनि महाशिवरात्रि पर्वको पावन अवसर पारेर समाजका सबै वर्गका व्यक्तिहरुको आध्यात्मिक चारित्रिक एवं सामाजिक उत्थानका लागि आयोजना गर्न गईरहेको विभिन्न कार्यक्रमहरुको विषयमा सबैमाझ जानकारी पुर्याउने उद्देश्यले ब्रहृमाकुमारी रविना दिदीको अध्यक्षतामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सो अवसरमा प्रमुख अतिथि पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले विश्वस्तरमा फैलिएर रहेको ब्रहृमाकुमारी संस्थाले विश्वमा शान्ति भाईचारा नैतिकता र सौहार्दता स्थापनाका लागि अत्यन्तै महत्वपूर्ण भुमिका खेलेको बताउनुहुँदै यस पवित्र कार्यमा पक्रकार जगतको सहयोग सधै रहने कुरा व्यत्त गर्नुभयो । सो सम्मेलनमा पत्रकार महेश चन्द्र गौतम, युवराज खड्का, तुलसी भण्डारी, रेडियो समग्र मधेशका निर्देशक श्याम गुप्ता लगायत अन्य मिडियाकर्मीहरु र ब्रहृमाकुमारी बेली ब्रहृमाकुमारी मिना समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण ब्रहृमाकुमार गोवर्द्धन चौधरीले गरेका थिए ।