राज्यले खेलकुद जगत र खेलाडीहरु प्रती खासै महत्व नदिएको आरोप ः सांसद यादव

53

संतोष रन्जितकार
वीरगंज, १५ फागुन ।
नेपाल शिन क्योकुशिन कराते संघले वीरगंजको श्रीपुर स्कुलमा बुधबार एक कार्यक्रमको आयोजना गरी एशियन गेममा उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको छ ।
सो सम्मान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले एशियन गेममा उत्कृष्ट भएका खेलाडीहरुलाई प्रशंसा पत्र तथा मेडल दिएर सम्मान गर्नु भएको थियो । मुख्यमन्त्री गद्दीले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप मुख्यमन्त्री कोषबाट ४ लाख रुपैया नेपाल शिन क्योकुशिन कराते संघलाई हस्तानान्तरण समेत गर्नु भएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदिप यादवले सदियौ देखी राज्यले खेलकुदमा र खेलाडीहरु प्रती खासै महत्व नदिएको आरोप लगाउनु भयो । राम्रो खेलाडी हुदा हुदै पनि आर्थिक अवस्था कमजोर भएर अगाडी बढनबाट बञ्चित भइरहेको कारण खेल जगतमा नेपालको स्थिती दयनिय रहेको बताउनु भयो । नेपाली क्रिक्रेट टोली राष्ट्रिय स्तरमा राम्रो काम गरि रहेको बताउदै पहिलो चोटी राज्यको तर्फबाट खेलाडीहरुलाई गरिएको सम्मान एवम सहयोगका लागी सरकारलाई धन्यबाद समेत दिएका थिए । नेपालको खेल जगतलाई विश्वमा पहिचान दिलाउने खेलाडीहरुलाई राज्यले सेवा सुविधा दिनु पर्ने बताउनु भयो । खेलाडीहरुको आर्थिक स्थिती कमजोर हुन नदिन प्रदेश सरकारले पनि रोजगारीको व्यवस्था गर्नु पर्ने बताउनु भयो । प्रदेश सरकारले आफनो ऐनमै व्यवस्था गरेर भएपनि खेलाडीका लागी रोजगारीको व्यवस्था गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, प्रहलाद गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी, फोरमका नेता सलाउदिन अहमद, समाज सेवी पशुपति विक्रम साह, उषा साह, क्रिकेट संघ पर्साका जौवाद अंसारी र प्रभात काव्य याक्राका संयोजक अरुण वित्रम शाह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्योकुशिन कराते संघ प्रदेश नम्बर दुईका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

https://ankushdaily.com/