शाषकहरुको सोचमा परिवर्तन आएको छैन ः मुख्यमन्त्री गद्दी

18

वीरगंज, १५ फागुन ।
शाषकहरुको सोच परिवर्तन नभएको कारणले गर्दा मधेशको विकास नभएको आरोप प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नै लगाउनु भएको छ ।
मधेशको अविकाश र सडक सञ्जालको अर्थ राजनीतिक विषयक अन्तराष्ट्रिय सेमीनारलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले गरिबी अशिक्षा बेरोजगारी यो प्रदेशले विरासतमा पाएको भन्दै यो प्रदेश अध्यक्ष कामदार उत्पादन गर्ने कारखाना समेत भएको बताउंदै त्यति हुंदा पनि यो प्रदेशमा उद्योग र पर्यटनको सम्भावना प्रचुर रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व सांसद अजय द्विवेदीले राजनीति गर्ने मान्छेको ९० प्रतिशत समय खेर गइरहेको भन्दै पञ्चायतमा जे संस्कार थियो अहिले पनि त्यही विद्यमान भएको बताउनु भयो । द्विवेदीले विहानदेखि फलाना समात, फलानालाई छोडा भन्दै आफुहरुको जिवन सिफारिस यन्त्रमा परिणत भएको उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले मधेशको विकास नभएसम्म मुलुकको विकास सम्भव नभएको भन्दै शाषकहरुले मधेशीलाई करदाता र मतदाता बनाएर ठगेको आरोप लगाउनु भयो ।
डा. युवराज लुइटेल सबभन्दा बढी समस्या र चुनौती बोकेका यो दुई नं. प्रदेश ३० वर्ष अगाडी शिक्षाको केन्द्र रहेको तर अहिले सब उल्टा–पुल्टा भएको बताउनु भयो ।
राष्ट्रिय जनता पार्टीका महासचिव नेजामुद्दिन समानीले गाउँको विकास नभएसम्म मुलुकको विकास नहुने दावी गर्नुभयो ।
सो कार्यक्रममा विगत ४५ वर्षदेखि निरन्तर नेपाल आउँदै गरेका “काइसिस इन नेपाल” पुस्तकका लेखक प्रोफेसर डा. डेभिड सेडानले सडकसंग विकासको सम्बन्ध बारे चर्चा गर्नुभयो । हुलाकी राजमार्ग नबनाई चारकोसे झाडीलाई फोडेर पूर्व पश्चिम महेन्द्र राजमार्ग बनाएको भित्री उद्देश्यबारे प्रकाश पारेका थिए । विश्व विद्यालय अनुदान आयोगको सहयोग समाज शास्त्र विभाग ठाकुरराम बहुमुखी क्याम्पस तथा नेपाल समाज शास्क्र संघ काठमाण्डौंको संयुत्त आयोजनामा होटेल अन्नपुर्णामा आयोजित सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, डा. शुष्मा तिवारी लगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।