श्रीरामघाट छठ सेवा समितिद्वारा बैठक

23

संतोष रन्जितकार
वीरगंज, १५ फागुन ।
श्री रामघाट छठ सेवा समितिले आयोजना गरेको बैठक सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगाढवा स्थित श्री रामघाट छठ सेवा समितिद्वारा स्वच्छता सन्दर्भमा वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा रहेको श्री नेराप्राबि स्कुलको प्रांगण सो बैठक सम्पन्न भएको हो । समितिको संयोजक सुरेन्द्र कुर्मीको अध्यक्षता सम्पन्न भएको बैठकको संचालन बृजेशवर प्रसाद चौघरी र स्वागत झाषण रामराज्य यादवले गरेका थिए ।
सो बैठकमा तिन बुंदे निर्णय गरिएको थियो । निर्णयहरुमा वीरगंजमा अन्तरक्रिया कार्यत्रम, गाउँ–गाउँमा संघर्ष समिति गठन र प्रत्येक गाउँबाट मूल समितिमा दुई जनालाई समावेश गरिने निर्णय गरिएको थियो ।
बैठकमा वीरगंज महानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष ब्रहम्देव कुर्मी, वडा नं. २२ का वडाअध्यक्ष ग्यासुदिन अंसारी, वडा नं. ८ का वडाअध्यक्ष मनोज गुप्ता, वडा नं. २३ का वडाअध्यक्ष अवधकिशोर कुशवाहा, वडा नं. २१ का वडाअध्यक्ष हबीब मियाँ, वडा नं. १४ का वडाअध्यक्ष भरत प्रसाद कुर्मी लगायत समाजिक संस्था, दाइजो एवम समाजिक कुरिति बिरुद जागरण मंच, मानव कल्याण सामुदायिक केन्द्र र स्वच्छ बातावरण सिर्जना अभियान केन्द्रका अध्यक्षहरु र ओमप्रकाश साह, विशेश्वर पटेल, जंगबहादुर यादव, अशोक श्रीवास्तव, बिनोद गुप्ता, राजकिशोर तिवारी समेतको उपस्थिति रहेको थियो ।

https://ankushdaily.com/