नेकपाको प्रदेश स्तरिय जनसभालाई भव्य बनाउन बैठक सम्पन्न

15

संतोष रन्जितकार
वीरगंज, १६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश स्तरिय जनसभालाई भव्य रुपमा सम्पन्न गर्न तयारी तिव्र रुपमा भइरहेको छ । नेकपाका दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले फागुनको २५ गते रौतहटको गरुडामा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनसभामा अत्याधिक जन सहभागिता जुटाउन अहिले नेकपाको फ्रदेश कमिटी सक्रिय बनेको छ । सोहि त्रममा नेकपा पर्साको बैठक सम्पन्न भएको छ ।
नेकपाका प्रदेश नं. २ का अध्यक्ष प्रभु साहको विशेष उपस्थितीमा भएको बैठक जनसभालाई भव्य बनाउन आवश्यक गृहकार्यमा जुट्न जिम्मेवारी मातहतका कमिटीलाई दिएको छ । पर्साको हरेक पालिका र नगरबाट व्यापक सहभागिता जुटाउने नेकपाको तयारी भइरहेको छ ।
मधेशका समस्यालाई समाधान गर्न र यहाको विकाश र आवश्यकतालाई पुरा गर्नको लागि जनसभा आयोजना गरिएकोले उल्लेखनिय सहभागिता गराउने प्रदेश नं. २ का नेकपा अध्यक्ष साहले बताए । यसका लागि गाउँ–गाउँमा कार्यकर्ता परिचालन गरिने समेत साहले बताउनु भयो ।
नेकपाको पार्टी कार्यालय मनमोहन नगर रामगढवामा भएको बैठकमा पर्सा कार्यदलका नेता रामचन्द्र साह, प्रभु हजरा, बिजय महतो, छोटेलाल यादव, प्रदेश कमिटी सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।