प्रहरी निरिक्षक मल्लको बदमासी

13

वीरगंज, १६ फागुन ।
प्रहरी मेरो साथी मुस्कान सहितको प्रहरी सेवा जस्ता नेपाल प्रहरीको नारा वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरिक्षक चक्रबहादुर मल्लले धोती लगाई दिएका छन् । आज्ञासु अत्यन्त जान्ने सुन्ने प्रवृत्तिका मल्ललाई आफु सेवक नभई शासक भएको भ्रम पलाएको उनको व्यवहारले पुष्टि गरेको छ ।
वडा नं. २३ सबैठवा निवासी छोटेलाल पंडितको श्रीमति र उनका दाईको श्रीमतिबीच दाउराको विषयमा हात हालाहाल भयो । घरेलु झगडा मिलाउनुको साटो त्यस झगडामा रकमको प्रलोभनमा परी प्रहरी निरिक्षक मल्लले छोटेलालको जेठो छोरा शेषनाथ पंडितलाई झगडा भएकै दिन माघ २३ गते गिरफ्तार गरेर थुने । त्यसको भोली पल्ट नाबालक देवनाथ पंडितलाई ल्याएर थुने । थुनामा दुवैलाई प्रहरी निरिक्षक मल्लले यातना दिए । माघ २५ गते दुवै दाजुभाईलाई कानून विपरित थुनेर रिहा गरे । यतीले मात्र मल्लको चित्त बुझेन फागुन १४ गते गाउँमा बसेर मिलापत्र गर्न खोज्दाको अवस्थामा मेरो श्रीमति लालती देवीलाई प्रहरीले पक्राउ गरी ल्याएको छोटेलालले गहँभरी आँसु काढी अंकुशलाई बताए । श्रीमति र भाउजु बीच भएको झगडा गाउँका केही दलालहरुले चर्काएको आफु कमाउन पोखरा गएको र झगडा हुँदाको बखत मेरो जेठो छोरा शेषनाथ महिन्द्रा शोरुम पावर हाउसमा काम गरिरहेको र कान्छो श्रीपुर स्कुलमा पढन आएको बताउँदै छोटेलालले प्रहरीले आफ्नो परिवारमाथि पैसा खाएर दमन गरेको आरोप लगाए । यस सन्दर्भमा पर्साका प्रहरी उपरिक्षक रेवती ढकालसंग बुझ्दा वहाँले आफु अन्याय हुन नदिने प्रतिक्रिया दिनुभयो ।