ब्रहृमाकुमारी सेवाकेन्द्रद्वारा रक्तदान र निःशुल्क आँखा शिविर

19

संतोष रन्जितकार
बीरगन्ज, १६ फागुन ।
बीरगन्जको छपकैयामा रहेको ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजले महाशिवरात्री पर्वको पावन अवसर पारेर बिहिबार एक दिवसिय बृहत रक्तदान एवं निःशुल्क आँखा परिक्षण शिविरको आयोजनाबाट शिव जयन्ती महोत्सव शुभारम्भ गरेको छ ।
सेवा केन्द्र की मुख्य सञ्चालिका ब्रहृमाकुमारी रविना दिदीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नं. १ का सांसद तथा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रदिप यादवले पानशमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै सांसद यादवले रक्तदान मानवीय सेवाको उच्चतम अभ्यास भएको बताउनु भएको हो ।


रक्तदानले अरुको जिवन संरक्षण हुने भएकोले यस्तो कार्यलाई अझै विस्तृत रुपमा गर्नुपर्ने सांसद यादवले जोड दिएका थिए । पछिल्ला वर्षहरुको तुलनामा अहिले रक्तदान गर्ने उत्साह बढदै गएको बताउदै सांसद यादवले रक्तदान प्रति जागरुकता बढाउन प्रयासमा आफु सदैव सक्रिय रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
शान्तिको संदेश दिने पवित्र संस्थाको रुपमा रहेको राजयोग सेवा केन्द्रबाट सम्पादित कार्यको यादवले प्रशंसा गर्नु भएको थियो । आफनो संसदिय क्षेत्र भित्र रहेको यो संस्था मानविय सेवामा अग्रसर रहेको यादवले बताउनु भयो । राजयोग सेवाकेन्द्रमा अशान्त मन शान्त हुने अनुभव आफुले गरेको यादवले बताउनु भयो ।

सांसद यादवले बुधवार हेल्किपटर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्युको घटनाले आफु अत्यन्तै मर्माहित भएको तथा मन्त्री सहित ज्यान गुमाएका सातै जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यसै गरी मुख्य सञ्चालिका ब्रहृमाकुमारी रविना दिदीले अहिले दुनियामा चारैतिर वैमनस्यता र हाहाकार चलिरहेको बेला मानवले शान्ति र आनन्द प्राप्तिका लागि विभिन्न भौतिक विधिहरु अपनाउदै भौतारी रहेको बेला आफुलाई वास्तविक रुपमा चिनेर ईश्वर पिता संग सुमधुर सम्बन्ध गाँस्न सके वास्तविक शान्ति, आनन्द र खुशी प्राप्त हुने बताउनु भयो ।
त्यसैगरी वरिष्ठ समाजसेवी मधु राणा, युवा समाजसेवी सुनिल खेतान, वरिष्ठ सामाजिक अभियन्ता प्रकाश थारु, फोटो पत्रकार महासंघका प्रदेश संयोजक राम सराफर्m लगायतका वक्ताहरुले रत्तदानको महत्व एवं सेवा केन्द्रद्वारा गरिने विझिन्न सामाजिक सेवाका विषयमा सकारात्मक धारणा व्यक्त गरेका थिए ।

कार्यत्रममा किरण आँखा अस्पतालका डा. अमर क्याल, डा. वन्दना क्याल, रेडियो समग्र मधेशका निर्देशक श्याम गुप्ता, ग्यामुद्दिन ठकुराइ लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । ब्रहृमाकुमार गोवर्द्धन, ब्रहृमाकुमार जीतेन्द्र, ब्रहृमाकुमारी जया, ब्रहृमाकुमारी गोपिनी, रवि सर्राफ, अर्जुन अधिकारी, श्रवण गुप्ता तथा वीरगंज नरसिंह क्याम्पसका नर्सहरु एवं अन्य गरी १० महिला र २५ पुरुष गरी ३५ जनाले रक्तदान गर्नुका साथै ४० महिला र ३० पुरुष गरी ७० जनाले आफ्नो आँखाको परिक्षण गराएका थिए ।
कार्यक्रममा ब्रहृमाकुमारी बेलीले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिईन भने कार्यक्रमको सहजीकरण ब्रहृमाकुमार गोकुल गुभाजूले गरेका थिए ।