कञ्चनजंगा बोर्डि· स्कुलद्वारा बिदाई कार्यक्रम सम्पन्न

23

संतोष रन्जितकार
वीरगंज, १७ फmागुन ।
कञ्चनजंगा बार्डि· स्कुलले शुक्रmबार बिदाई कार्यत्रमको आयोजना गरेको छ । सो कार्यक्रम स्कुलका डाइरेक्टर मार्टिन मोत्तानको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापा रहेका थिए भने कार्यक्रमको विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खतिवडा रहेका थिए ।
कार्यक्रममा ९ कक्षाका विद्यार्थीहरुले १० कक्षाका विद्यार्थीहरुलाई शुभकामनाका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सांस्कृतिक नाचगान तथा फैशन शो समेत प्रदर्शन गरिएको थियो ।
अतिथिहरुमा फोटो पत्रकार प्रदेश नं. २ का उपाध्यक्ष पंकज श्रेष्ठ, जनता युवा क्लबका अध्यक्ष मंसुर खान, कमल चौगाई, रेडियो बीरगंजका हेमन्त तामांग, अन्जिला क्षेत्री, युवराज केसी, अस्मिता गौतम, निर सर्राफ, अखिलेस साह लगायतको सहभागिता रहेको थियो ।