संतोष रन्जितकार
वीरगंज, १७ फाल्गुन ।
श्री गुरुकुल पन्ना मेमोरियल सेकेन्ड्री स्कुलले आयोजना गरेको र शान्ति पोली क्लिनिकको सहयोगमा निःशुल्क दाँत परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
श्री गुरुकूल पन्ना मेमोरियल सेकेन्ड्री स्कुलका प्रबन्ध निर्देशक मन्नु बहादुर क्षेत्रीको अध्यक्षता र शान्ति पोली क्लिनिकका प्रबन्ध निर्देशक बिकाश कुमार पटेलको प्रमुख आतिथ्यमा कार्यक्रममा दाँत र मुखको निःशुल्क परिक्षण गरिएको थियो । यो शिविरमा ५०० जनाको दाँत परिक्षण गरेकोमा २५ जना अनमोलेस दाँत देखेका शान्ति पोली किल्निका प्रबन्ध निर्देशक तथा प्रमुख अथिती रहेका डा. बिकाश पटेलले बताउनु भयो । त्यसैगरि शिविरमा चेकजाँचमा अनमोलेस दाँत फेलापरेका बिरामीहरुलाई शान्ति पोली क्लिनिकले २५ प्रतिशत छुटमा उपचार गर्ने बताएका थिए । शिविरमा गुरुकुल सेकेन्ड्रीका प्राध्यापिका मन्जु क्षेत्रीले बच्चाहरुको स्वास्थ सम्बन्धी निःशुल्क शिवीर गर्नै प्रतिबद्धता गरेकी थिन् । सो कार्यक्रममा स्कुलका सहायक प्राध्यापक दिलीप पटेल, शिक्षकहरु अजय साह, कुन्दन सहनि, निकित कर्ण, आरती ठाकुर, सुमिन्त्रा गुप्ता लगायतका शिक्षक तथा बिधार्थीहरुको सहभागिता रहेको थियो । शिविरमा शान्ति पोली क्लिनिकका डा. प्रिती चौरसिया र डा. राजेश यादवले चेकजाँच गर्नु भएको थियो ।