नेपाल बार एसोसिएसनद्वारा पत्रकार सम्मेलनको आयोजना

24

संतोष रन्जितकार
वीरगंज, १७ फागुन ।
नेपाल बार एसोसिएसनको यहि चैत्र १६ गते हुने निर्वाचनको लागि बृहत् लोकतान्त्रिक समुहका उमेदवारहरुको परिचयात्मक तथा झेटघाट कार्यक्रम शुत्रबार वीरगंजको ॐ पार्टी प्यालेशमा पत्रकार सम्मेलन गरी आफ्ना उमेदवारहरुको परिचय कार्यक्रम सम्पन्न भएको छ ।

नियन्त्रण र निर्देशित शासन व्यवस्था बिरुद्धको हाम्रो प्रतिबद्धता, स्वतन्त्र, निर्भिक, भ्रष्टाचारमुक्त न्यायपालिका आजको आवश्यकता भन्ने मुख्य नाराका साथ अध्यक्ष पदमा अधिवक्ता सुनिल कुमार पोखरेल, महिला उपाध्यक्ष कबिता थापा (कार्की ), उपाध्यक्ष ७ प्रदेशमा क्रमस १ बाट दिल्ली बहादुर कार्की, २ बाट सुधिर कर्ण, ३ बाट राजेस्वर अधिकारी, ४ बाट निरन्जन लाल राजभण्डारी, ५ बाट सुनिल कुमार श्रेष्ठ, ६ बाट उतम प्रसाद आचार्य र ७ बाट ठेकेन्द्र राज जोशी त्यसैगरि महासचिवमा लीलामणि पौडेल, कोषाध्यक्षमा तेज बहादुर रावल र सदस्यहरुमा दलितबाट रुपनारायण बिश्वकर्मा, मधेसी उपत्यका बाहिरबाट शेषमन यादव, मधेसी खुल्लाबाट मनोज कुमार चौधरी, आदिवासी जनजाति उपत्यका बाहिरबाट अमुत कुमार लामा, आदिवासी जनजाति खुल्लाबाट कैलाश गुरुङ, खुल्ला महिला उपत्यका बाहिरबाट शिवाली जोशी (भण्डारी), खुल्ला महिलाबाट सोनी रधुबन्श (श्रेष्ठ) लगायत १४ सदस्यीय गरि २५ उमेदवारहरु रहेको अध्यक्ष पदका उमेदवार सुनिल कुमार पोखरेलले जानकारी दिनु भयो ।